साझ ??

तेस पल म एक विध्वंस रातको खुल्ला परिवेशमा सोच्दै थिए । कसरी भयो त्यो नवजात भेट ,खासमा तेस रात मैले एक कल्पना गरे! त्यो रात हुनु भन्दा पहिले उस्को (समयको )साझ चलिरहेको थियो

म क्याफेमा बसेर रेड लेबलको मात चडाइरहेको थिए । उ सरासर आइ र म बसेको नीर बसि । ओएटर सङ मैले केही बोले ! ए अर्को पुरानो पुरानो मिउजिक लगाउ यो रात आज केही नयाँ मौलिक बनाउ । मेरो बोली ओएटरको लागि थिएन उस्को लागि थियो । उस्ले म तिर इसारा गरेको थिइ अनि उसैले भनी मे आइ नो यु ? नाम मात्र भन्छु बाकी जान्ने काम तिम्रो! म निसान पौडेल । यान्ड यु ? म दिया साक्य ।

उ के के के के भन्दै थिइ म निन्दनीयमा थिए । रातको ११:४० भएछ । म तरङ्ग बिच झस्किदै बिउजिए ।न त उ मेरो सामुन्ने थिइ नत मिउजिक ।मैले ओएटरलाइ बोलाए , भाइ म सङ बसेको केटि कता गै ? नो सर यहाँ साझ देखि तपाईं एक्लै हुनुहुन्छ । मैले खल्ती छामे एउटा काजको पाना हातमा आयो। बिगत ३ महिना देखी म एस्को रिसर्च गर्दै रहेछु र हेरे लेखिएको थियो “सोम्नाबुलसिट ” !!

The story tells ;; That the written paper is a research of somnabulshit which is defined , the sleep thoughtful & night walker .and “scientific proof” whatever you do regular your works s in 3 months it may create the thoughts.

Advertisements

चरा झै मन

स्वपनिल आकासमा बेग मार्दै रुखको हागामा बसिदिन्छ 
आज यो मन खै किन हो नानाथरी तरङित आँखाले भरिदिन्छ 
कतै सपनाइ सपना कतै आसै आस गौथली जस्तो भाछ 
अलि अलि गरि आकार लिन्छ 
उफ कति बहिकेनी 
अति भो आज त खै मै बुज्दिन 
चरा झै मन भाछ उडिरहने हराइरहने 
पानीको छाल सङ सिङोरी खेल्दै जिस्काउछ 
मनोरञ्जनको एक भाग पनि बनिदिन्छ 
कास म पनि त्यहाँ रम्थे होला 
तर गाग्रोको पानी खाने आट गरेको कौवा झै भाछ 
भौतारिरहने अनि कति खेर च्याट्ट खसिदिने 
गिद्द झै तेज सिकारी बन्ने खुबी पनि कहाँ नभएको होर 
डर लाग्छ कतै मेरो सान्तीको पर्खार सखाब हुने होकि 
आकास मेरै हो जसरी 
भौतारिरहने चरा झै मन भाछ 

हासोमा आज

खै के लेखु आज 
तिम्रो बदलिल मुहारको प्रसम्सा 
म कसरी बताउ 
मनमनै मैले कोरे कलम 
कता कता अक्षर लेख्दा 
चित्रको पान्डुलिपि भित्र पुगे 
एउटा यस्तो मुहार बन्न पुग्यो 
जहाँ 
चित्र तिम्रो बन्दा 
हासोमा आज म 
म भित्र नै हराइगए 
हरेक 
पेन्सिलको टिक ट्याकमा 
तिम्रो सिउदो भरिदिए 
फगत 
रङिनको सट्टा सस्याना 
मधुर मधुर ब्ल्याकिन टिक टिकमा
तिम्रो र मेरो नाम जोडि 
अन्त्यमा अक्षर जोडे 
त्यो मेचको 
आराममा म हराइगए 
खासमा 
हासोमा आज म 
चरा भै आकासमा उडिगए ।

तिमी फर्की आउ

यो याम किन आज बहकिन्छ 
दर्के पानीको छिट्टा किन मुटु छेड्छ 
रहरहरुले किन पिरोलिन्छ 
समयसम्म समयनै पर्खिरहे 
आसमा आज बर्ष बितिगए 
अब दुरि सहने शक्ति हराइगए 
त्यो कालो रातमा 
अब केही विध्वंस होला 
झैँ लागछ 
तिमी फर्की आउ 
अन्तिम आखामा 
केही सितल सान्त्वना 
छरिदेउ 
मनले भन्छ 
मनकै सुनिदेउ 
अब 
एक नजर हेर्दै 
तिमी फर्की आउ ।

यात्रामा इस्वर

जन्म लिने भोलि हो
हिजो त मरेको दिन 
बिचको समय  
आज 
केवल 
खोज्ने हो 
यात्रामा इस्वर 
म खोज्दछु हरेक रात 
नवजात इस्वर
ती यमराजको बाटो भै 
यो त पक्का हो 
सामुन्ने देख्दछु 
खोला किनारामा 
पथर भै टल्केको 
छर्लङ 
चारैतिर अँध्यारो थियो 
भुतप्रेतले भरिपुर्ण अनि 
जलदेवी सुसाइ रहेको 
मलाइ लाग्यो 
इस्वर पनि बन्धक रहेछन् 
भोलि जन्म लिनुछ 
इस्वर संगै 
हिजो मरेर 
अनि आज 
खोज्नु छ  
यात्रामा इस्वर 

कथामा आज

काल्पनिक दृश्य आज कथामा पाइन्छ । युगको कुरा गर्दा यो आज अलि चित्त बुज्दो लाग्दैन मलाइ।

साइक्लिङ प्रोसेस भनिन्छ जिवजन्तु , रुख घाँस जुन्जुन धर्तीमा छ । कथामा आज यो कोर्नुपर्छ कि कस्तो कथाले गर्दा चै भलो भै जान्छ मतलब एउटा जीव बाख्रा लाई पाल्ने अनि तेस्को आयु पुगेपछी काट्ने यो साइकल प्रोसेस हो भनिन्छ यो कला गलत हो ।अलि परिवर्तन गर्दै लेख्नु पर्यो कि कसरी चै एस्लाइ पाल्दै काटमार नगरी साच्ने । हरेक चिजको अधिकार हुनुपर्छ किताबमा हुनुपर्छ यो पनि कि गौतम बुद्ध महान भन्दै केही कथामा आज मुहार फेर्नु पर्छ।

यात्री

घट्ना तथा सब्दहरु काल्पनिक हुन खयर कसैको जिवनमा मेल खाए संयोग मात्र हुनेछ ।

मलाइ थाहा छ तिमी त्यहाँ थियोउ जब म तिम्रै नजरमा थिए । सायद तिमिले भुलेउ होला एउटा साथी नभुल्नु पनि कसरी त्यो बाटोमा भेटेको यात्री ।जिन्दगी त अझै छ तिमी कहाँ हराइगयोउ । सायद रहरैरहरमा बाटो दोबाटो बनिगए । हिड्नु छ कति पाइलाहरु अनि हिड्दा हिड्दै रोकिन्छन् यी खुट्टाहरु । सम्झी कता कता मनमा माया पलाए आउ म त उहीँ एक यात्री न हु । बितिगए बर्ष ,ग्यालरी भरी तस्वीर जोगाइ राखे एकपटक हासी देउ फगत मनले भन्छ मनकै सुनिदेउ त्यो यात्री को हो भनी भुली ।