स्वपनिल आकासमा बेग मार्दै रुखको हागामा बसिदिन्छ
आज यो मन खै किन हो नानाथरी तरङित आँखाले भरिदिन्छ
कतै सपनाइ सपना कतै आसै आस गौथली जस्तो भाछ
अलि अलि गरि आकार लिन्छ
उफ कति बहिकेनी
अति भो आज त खै मै बुज्दिन
चरा झै मन भाछ उडिरहने हराइरहने
पानीको छाल सङ सिङोरी खेल्दै जिस्काउछ
मनोरञ्जनको एक भाग पनि बनिदिन्छ
कास म पनि त्यहाँ रम्थे होला
तर गाग्रोको पानी खाने आट गरेको कौवा झै भाछ
भौतारिरहने अनि कति खेर च्याट्ट खसिदिने
गिद्द झै तेज सिकारी बन्ने खुबी पनि कहाँ नभएको होर
डर लाग्छ कतै मेरो सान्तीको पर्खार सखाब हुने होकि
आकास मेरै हो जसरी
भौतारिरहने चरा झै मन भाछ
Category: Poem
हासोमा आज
खै के लेखु आज
तिम्रो बदलिल मुहारको प्रसम्सा
म कसरी बताउ
मनमनै मैले कोरे कलम
कता कता अक्षर लेख्दा
चित्रको पान्डुलिपि भित्र पुगे
एउटा यस्तो मुहार बन्न पुग्यो
जहाँ
चित्र तिम्रो बन्दा
हासोमा आज म
म भित्र नै हराइगए
हरेक
पेन्सिलको टिक ट्याकमा
तिम्रो सिउदो भरिदिए
फगत
रङिनको सट्टा सस्याना
मधुर मधुर ब्ल्याकिन टिक टिकमा
तिम्रो र मेरो नाम जोडि
अन्त्यमा अक्षर जोडे
त्यो मेचको
आराममा म हराइगए
खासमा
हासोमा आज म
चरा भै आकासमा उडिगए ।
तिमी फर्की आउ
यो याम किन आज बहकिन्छ
दर्के पानीको छिट्टा किन मुटु छेड्छ
रहरहरुले किन पिरोलिन्छ
समयसम्म समयनै पर्खिरहे
आसमा आज बर्ष बितिगए
अब दुरि सहने शक्ति हराइगए
त्यो कालो रातमा
अब केही विध्वंस होला
झैँ लागछ
तिमी फर्की आउ
अन्तिम आखामा
केही सितल सान्त्वना
छरिदेउ
मनले भन्छ
मनकै सुनिदेउ
अब
एक नजर हेर्दै
तिमी फर्की आउ ।
यात्रामा इस्वर
जन्म लिने भोलि हो
हिजो त मरेको दिन
बिचको समय
आज
केवल
खोज्ने हो
यात्रामा इस्वर
म खोज्दछु हरेक रात
नवजात इस्वर
ती यमराजको बाटो भै
यो त पक्का हो
सामुन्ने देख्दछु
खोला किनारामा
पथर भै टल्केको
छर्लङ
चारैतिर अँध्यारो थियो
भुतप्रेतले भरिपुर्ण अनि
जलदेवी सुसाइ रहेको
मलाइ लाग्यो
इस्वर पनि बन्धक रहेछन्
भोलि जन्म लिनुछ
इस्वर संगै
हिजो मरेर
अनि आज
खोज्नु छ
यात्रामा इस्वर